एमआरसिपिसिएच परीक्षा अब नेपालमै

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस २८, २०७५

    – मेम्बर अफ रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ एमआरसिपिसिएच यूके परीक्षा अब नेपालमा नै शुरु भएको छ । काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले अस्पतालमा उपलब्ध विश्व स्तरिय पूर्वाधार, सेवा सुविधा तथा विशेषज्ञहरुको टिमसँगै हुने गरेका विविध शैक्षिक गतिविधिहरुको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा लिने एमआरसिपिसिएच परीक्षाका लागि छनौट गरेको बताउनुभयो ।

    राष्ट्रिय अन्तराष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका विविध बिषयहरुमा सहकार्य गरी अघि बढ्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सदैव तत्पर रहेको उहाँको भनाई थियो । आरसिपिसिएचका स्टा्रटिजिक लिड डा. रमेश मेहताले सो परीक्षा नेपालमा संचालन हुनु गर्वको बिषय भएकोले यसले नेपाललाई सार्क मुलुकहरुको परीक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने प्रबल संभावना रहेको बताउनु भयो । उहाँले संसारभरका ३५ वटा मुलुकमा रहेका परीक्षा केन्द्रहरु मार्फत हरेक बर्ष छ हजार बालरोग विशेषज्ञहरुको परीक्षा लिने गरिएको समेत बताउनुभयो ।

    आरसिपिसिएचका प्रिन्सिपल रिजनल एक्जामिनर डा. चन्देश्वर महासेठले नेपालले धेरै बर्षको प्रयासपछि यो उपलब्धि हासिल भएसँगै नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो । नेपालको कुल जनसंख्याको ४० प्रतिशत अर्थात् १ करोड २० लाख बालबालिकाको संख्या रहेकाले बालरोगको उपचारका लागि आवश्यक ज्ञान तथा सिप बृद्धिका लागि यो महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

     

    प्रकाशित:पुस २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्