पेरिसमा एल्लो भेष्ट आन्दोलन नवौं सातामा 

एजेन्सी

    पुस २९, २०७५

    फ्रान्सको पेरिसमा नवौं सातामा पनि एल्लो भेष्ट आन्दोलनका क्रममा हजारौं सर्वसाधारण सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केही ब्यक्तिलाई नियन्त्रणमा लिएको पेरिस प्रहरीले उल्लेख गरेको छ । प्रहरीले आन्दोलनकारी माथि पानीका फोहोरा तथा अश्रु ग्यास प्रहार गरेको बीबीसीले उल्लेख गरेको  छ ।

    प्रदर्शनमा करिब ८४ हजार मानिस सहभागी भएको फ्रान्स प्रशासनले उल्लेख गरेको छ । सरकारले इन्धनको मुल्य वृद्धिको घोषणा गरेपछि बिरोधमा सुरु आन्दोलन अहिले सरकारको काम प्रतिको असन्तुष्टि तर्फ मोडिएको छ । १५ जनवरीबाट देशब्यापी रुपमा सरकारका नीति प्रति छलफल गराउने राष्ट्रपति ईम्यानुअल म्याक्रोको घोषणाका बाबजुद आन्दोलन चर्काइएको हो ।

    फ्रान्सभर कर, हरित उर्जा, संस्थागत सुधार तथा नागरिकता सम्बन्धी एजेण्डामा ईन्टरनेट मपर्झत सरकारले जनताको राय लिनेछ ।  

     

    प्रकाशित:पुस २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्