लिभरपुलको संघर्षपूर्ण जित

एजेन्सी

    पुस २९, २०७५

    ईङलीस प्रिमियर लिग फुटबल अन्र्तगत गएरातीका खेलमा लिभरपुल, चेल्सी र वेष्टहाम विजयी भएका छन् । शीर्ष स्थानको लिभरपुलले ब्राईटन एण्ड होभ एल्बियनबिरुद्ध १–० को संर्घषपुर्ण जित हात पारेको हो ।

    खेलको ५० औं मिनेटमा महम्मद सलाहले पेनाल्टिमार्फत गरेको गोल, उसलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । २२ खेलबाट लिभरपुल ५७ अंक सहित तालिकाको शीर्ष स्थानमा कायम छ । यो जितसंगै उसले दोस्रो स्थानको म्यानचेष्टर सिटीसंगको दुरी ७ अंकले बढाएको छ । यद्यपि सिटीले एक खेल कम खेलेको छ ।  

    चेल्सीले न्युक्यासललाई २–१ ले हराउँदा, आर्सनल वेष्टहामसँग १–० ले पराजित भयो । पेड्रो र विलियनले गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए । आर्सनलबिरुद्ध डिस्लेन राईसले गोल गर्दै वेष्टह्यामलाई जित दिलाएका थिए । १९ बर्षिय मिडफिल्डर राईसको प्रिमियर लिग फुटबलमा यो पहिलो गोल हो । 

    गएरातीका अन्य खेलमा बर्नलीले फुलहाम तथा वाटफोर्टले क्रिष्टल प्यालेसलाई समान २–१ ले स्तब्ध पारे । लेष्टर सिटी भने साउथ हेम्प्टनसंग २–१ ले पराजित भयो । यो जितले साउथ हेम्प्टनलाई तालिकाको १६ औ स्थानमा उक्लिएको छ । 

    कार्डिफ र हर्डसफिल्ड टाउनले भने गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

    प्रकाशित:पुस २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्