कृषि मन्त्रालयले प्राङगारिक कृषि उत्पादन बारे अध्ययन गर्ने 

- रेडियो कान्तिपुर, काठमाडौं

    पुस ३०, २०७५

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङगारिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको छ । कार्यदललाई अध्ययनका लागि ४ महिनाको समयावधि दिइएको छ ।

    प्राङगारिक कृषि उत्पादन प्रणाालीलाई व्यवस्थित रुपमा प्रवद्र्धन गर्न तथा प्राङगारिक उपजहरुको प्रमाणिकरण गरी स्वदेशी तथा विदेशी बजारमा विश्वसनियता बढाउने उद्देश्यले कार्यदल गठन गरिएको कार्यदलका सदस्य सचिव एवं मन्त्रालयका वरिण्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यले जानकारी दिनुभयो ।

    संघीय मन्त्रालय अन्तर्गत संस्थागत, नीतिगत र कानुनी ढााचा निर्माण गर्ने र सोही ढााचाका आधारमा प्रादेशिक तथा स्थानीय सरकारलाई समेत आवश्यकतानुरुप मार्गनिर्देश गरी अभियानमा एकरुपता कायम गर्ने अपेक्षा मन्त्रालयको छ ।

    कार्यदलमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, राष्ट्रिय सभा सदस्य डा. विमला राई मन्त्रालयका सचिव युवकध्यव जिसी, राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी र खैरहनी नगरपालिका चितवनका प्रमुख लालमणी चौधरी सदस्य छन् ।

    कार्यदलले संघीय मन्त्रालय अन्तर्गत तत्कालै प्राङगारिक कृषि प्रवद्र्धनका लागि चाहिने संस्थागत व्यवस्था र कानुनी ढााचाबारे सिफारिस सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ । 

    प्रकाशित:पुस ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्