लुम्बिनी घुम्ने विदेशी पर्यटकको संख्या बढ्यो

- अमृता अनमोल, बुटवल
  • लुम्बिनी घुम्न जाने नेपालीहरु साढे ६ प्रतिशतले घटे
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेको छ । सन २०१८ मा १५ लाख ३४ हजार १ सय १० जना पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

माघ १, २०७५

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बढेको छ । सन २०१८ मा १५ लाख ३४ हजार १ सय १० जना पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

यसमध्ये भारतीय पर्यटक २४ दशमलव ५७ र तेस्रो मुलुकका १६ दशमलव ५४ प्रतिसतले बढेका छन् । लुम्बिनी घुम्न जाने नेपालीहरु भने साढे ६ प्रतिशतले घटेका छन् । 

सन २०१७ मा १५ लाख ५२ हजार ५ सय ८६ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । जसमा तेस्रो मुलुकका पर्यटक १ लाख ४५ हजार ७ सय ९६ जना थिए । गत वर्षमा त्यो संख्या बढेर १ लाख ६९ हजार ९ सय ४ पुगेको छ ।

त्यस्तै, भारतीय पर्यटक २०१८ मा १ लाख ९३ हजार ६ सय ३५ आएकोमा अघिल्लो वर्ष २०१७ मा १ लाख ५५ हजार ४ सय ४४ जना लुम्बिनी आएका छन् ।

लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटक मध्ये सबै भन्दा बढी श्रीलंकाका रहेका छन् । श्रीलंकाबाट २०१८ मा ५९ हजार ९ सय ५९ जनाले भ्रमण गरेका छन् । त्यसपछि थाइल्याण्डबाट २६ हजार ६ सय ७७, म्यानमारबाट २५ हजार ३ सय ३३ र चीनबाट १८ हजार ४ सय ६० जनाले भ्रमण गरेका छन् । 

लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढेपनि बसाई भने लम्बिन सकेको छैन । लुम्बिनी विकास कोषको निमित्त सदस्य सचिव सरोजकुमार भट्टराईले पर्यटकको बसाइ बढाउन कपिलवस्तु र नवलपरासीको रामग्राम समेत पर्यटक पुर्‍याउने योजना बनाइएको बताउनुभयो । 

प्रकाशित:माघ १, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्