सुनको भाउ बढेर ६ वर्षयताकै उच्च

- रेडियो कान्तिपुर, काठमाडौं
  • सुन प्रतितोला ६१ हजार रुपैयाँ पुग्यो
अमेरिकी अर्थतन्त्रमा गिरावट आउनु र डलर समेत केही कमजोर भएका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिनुभयो ।

माघ १, २०७५

सुनको भाउ बढेर ६ वर्षयताकै उच्च भएको छ । हिजोको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेर सुन आज ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

अमेरिकी अर्थतन्त्रमा गिरावट आउनु र डलर समेत केही कमजोर भएका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिनुभयो ।

अमेरिका र चीनबीचको व्यापार युद्ध जारी रहेकाले पनि सुनको मूल्य अझै बढ्न सक्ने उहाँको भनाई थियो । सुनको आजको मूल्य ६ वर्षयताकै उच्च हो । यसअघि, २०६९ भदौमा सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यसपछि मूल्य क्रमश: घटेर ४७ हजार ७ सय रुपैयाँमा झरेको थियो । यस्तै, चाँदी हिजोको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको छ । सोमबार चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ । 

प्रकाशित:माघ १, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्