नेप्से दोहोरो अंकले उकालो लाग्यो

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ १, २०७५

    धितोपत्र बजार आज दोहोरो अंकले उकालो लागेको छ । बजार परिसूचक नेप्से आज १७ दशमलव ५१ अंकले उकालो लागेर १ हजार १ सय ९५ दशमलव ५४ अंकमा पुगेको छ ।

    नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । कारोबार भएका सबै कम्पनी समूहको उपसूचक बढेकाले समग्र नेप्से उकालो लागेको हो । 

    सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक २ सय ३२ दशमलव ९२ अंकले बढेको छ । यस्तै, जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ९७ दशमलव ९, लघुवित्त समूहको ५३ दशमलव ५४ र जलविद्युत समूहको ५२ दशमलव ७७ अंकले बढेको छ । 

    नेप्सेमा आज १ सय ५८ कम्पनीका ४ हजार ६ सय ३५ कारोबारबाट ८ लाख ३५ हजार २ सय ३९ कित्ता सेयर किनबेच भए ।

    जसअन्र्तगत, ३९ करोड ७३ लाख ५५ हजार ५ सय ४० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सबै भन्दा बढी कारोबार भएको छ । 

    प्रकाशित:माघ १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्