राष्ट्रिय सभामा तीन विधेयक टेवल हुने

काठमाडौं

    माघ २, २०७५

    - सरकारले राष्ट्रिय सभामा आज तीन वटा विधेयक टेवल गर्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न तीन वटा विधेयक टेवल गर्ने कार्यसुची तय भएको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

    बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विज्ञापन नियमन गर्ने विधेयक टेवल गर्ने कार्यसुची छ । विज्ञापनलाई व्यवस्थित बनाउन सरकारले सो विधेयक ल्याएको हो । यस्तै जेष्ठ नागरिक सम्वन्धी पहिलो संसोधन विधेयक, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र नागरिक लगानी कोष दोस्रो संसोधन विधेयक अर्थमन्त्री युवराज खतिवडाले टेवल गर्ने कार्यसुची रहेको सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

    जेष्ठ नागरिक सम्वन्धी विधेयक गत पुष २४ गते दर्ता भएको हो भने लगानी कोष सम्वन्धी विधेयक २६ गते दर्ता भएको हो । राष्ट्रिय सभाले प्रदेश लोक सेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने कार्यसुची छ ।  

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्