बेक्जिट सम्झौताको मस्यौदा बेलायती संसदद्वारा अस्वीकार

    माघ २, २०७५

    - युरोपियन युनियनसँग सम्बन्ध विच्छेद बेक्जिट  सम्बन्धी सम्झौताको मस्यौदा बेलायती संसदले अस्वीकार गरेको छ । प्रस्ताव अस्वीकार भएसँगै प्रधानमन्त्री टेरेसा मेलाई झट्का लागेको हो । दुई वर्ष लगाएर प्रधानमन्त्री मेले तयार पारेको ईयुसँगको सम्झौता अस्वीकार हुनु मेका लागि राजनिति असफलता भएको बीबीसीले उल्लेख गरेको छ ।

    ४ सय ३२ मध्ये २ सय २ सांसदले मतदान गरे बहुमत हुने अवस्थामा २ सय ३० सासंदले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । प्रधानमन्त्रीको प्रस्ताव बहुमतले अस्वीकार गरेका कारण आज मे विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने विपक्षी दलले दाबी गरेको छ । प्रधानमन्त्री मे विरुद्धको प्रस्ताव पारित भए बेलायत यसै बेला आम निर्वाचनमा जानेछ ।

    सम्झौता प्रस्तावमा मार्च २९ पछि २१ महिनालाई संक्रमणकालिन अवस्थाका रुपमा अघि बढ्ने तथा खुला व्यापार नीति अपनाउने सहमती भएको थियो । आगामि मार्च २९ मा बेलायत ईयुबाट बाहिरिने छ ।

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्