प्राथमिक तहदेखि नै भूकम्प शिक्षा आवश्यक : महानिर्देशक डा.सापकोटा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २, २०७५

    The Headliners with Krishna Devkota | Radio Journalist Tejendra Kafle | 16 January 2019

    प्राथमिक तहदेखि नै भूकम्प शिक्षा आवश्यक  : महानिर्देशक डा.सापकोटा 

    जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले नेपाल ११ औँ जोखिमयुक्त क्षेत्रमा पर्छ  । काठमाडौ सबैभन्दा बढी जोखिमयुक्त शहरको सूचीमा छ । नेपाललाई भुकम्पका हिसाबमा अत्यन्तै जोखिमपूर्ण मानिने खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाको भनाई छ ।

    १९९० साल माघ २ गते गएको सवैभन्दा बिनाशकारी भुकम्पको सम्झनामा २०५५ सालदेखि राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । कमजोर भौतिक संरचना, अव्यवस्थित वस्ती, निर्माण संहिता विपरितका भवन लगायत कारण भुकम्पको जोखिम उच्च हुने गरेको डा. सापकोटाको भनाई छ ।

    १२५५ साल पछिका भुकम्पको अभिलेख नेपालमा राख्न सुरु भएको जानकारहरु बताउँछन् । १३१६, १४६५, १५०५, १७३७, १८३३, १८९०, १९९०, २०४५, २०६८ र २०७२ सालका भुकम्पलाई बिनाशकारी मानिन्छ । संखुवासभाको चैनपुरलाई केन्द्रविन्दु बनाएर १९९० साल माघ २ गते गएको भुकम्प ८ दशमलब ४ म्याग्निच्युटको थियो ।

    बुधवार बिहान रेडियो कान्तिपुरसँग कुरा गर्दै डा. सापकोटाले भुकम्पबारे पर्याप्त जानकारी नहुँदा नेपालमा बढी क्षति हुने गरेको बताउनुभयो । प्राथमिक शिक्षा देखि नै भुकम्पबारे अध्ययन आवश्यक रहेको उहाँको सुझाव छ ।

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्