थ्री स्टार खप्तड गोल्डकप फुटबलको फाइनलमा

- रेडियो कान्तिपुर, धनगढी

    माघ २, २०७५

    रुस्लान थ्री स्टार क्लब, सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित क्षेत्रीय रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा मेची नेत्रालय झापालाई २–० गोल अन्तरले हराउँदै थ्री स्टार फाइनलमा पुगेको हो ।

    पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा थ्री स्टारले दुबै गोल दोस्रो हाफमा गर्‍यो । खेलको ६९ औँ मिनेटमा रुपेश केसीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ८१ औँ मिनेटमा सुनिल बलले गोल थपेपछि थ्री स्टारको जित सुनिश्चित भयो ।

    उपाधिका लागि थ्री स्टारले सीएमजी संकटा र नेपाल पुलिसबीचको अन्तिम सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले २१ तथा उपबिजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । 

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्