हिमालयन शेर्पा विशाल मेमोरियल गोल्डकपको फाइनलमा

- रेडियो कान्तिपुर, वीरगञ्ज

    माघ २, २०७५

    हिमालयन शेर्पा क्लब, दोस्रो विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित नारायणी रंगशालामा भएको पहिलो सेमिफाइनलमा वीरगञ्ज–११ लाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पाखा लगाउँदै शेर्पाले फाइनलमा स्थान बनाएको हो ।

    निर्धारित समयमा दुबै तर्फबाट १/१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको हो । शेर्पाका विजय श्रेष्ठ, युरिक सिबी, रवि थापा, पेट्रिक गोहाले गोल गरे । विश्वास श्रेष्ठको प्रहार विफल भयो ।

    वीरगञ्जका रन्जय चौधरी र अभय सिंहको प्रहारले दिशा लिन सकेन । शेर्पाले भोलि हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको बिजेताले ५ लाख ५५ हजार र उपविजेताले २ लाख ७७ हजार रुपैयाँ हात पार्नेछन् ।  

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्