सभामुख कप महिला भलिबलको क्वार्टरफाइनल समिकरण पूरा

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २, २०७५

    सभामुख कप महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।  पोखरा रगंशालामा भएको खेलमा समूह ए बाट सशस्त्र प्रहरीको एपीएफ र प्रदेश १ तथा समूह बी बाट प्रदेश ५ र २ क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश भने पहिलो चरणबाट बाहिरिए । आज भएको समूह ए को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २५–४, २५–७ र २५–३ को सोझो सेटमा पाखा लगाउँदा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई २५–१३, १५–२५, १७–२५, २५–२२ र १५–११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

    समूह बी को खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई २५–२३, १०–२५, २५–१० र २५–१६ ले  तथा प्रदेश ५ ले कर्णली प्रदेशलाई नै २५–१५, २५–११ र २५–१० ले पाखा लगायो । 

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्