दिदीबहिनी राष्ट्रिय महिला भलिबलको पुरस्कार रकम दोब्बरले वृद्धि

- लक्ष्मी जिसी, काठमाडौं

    माघ २, २०७५

    दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पुरस्कार रकममा दोब्बरले वृद्धि गरिएको छ । यही माघ २८ देखि फागुन ४ गतेसम्म हुने प्रतियोगिताको पुरस्कार रकम दोब्बरले वृद्धि गरिएको आयोजक रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईन् ।

    यस वर्षको विजेताले २ तथा उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत संस्करणको विजेताले १ लाख तथा उपविजेताले ७० हजार रुपैयाँ हात पारेका थिए ।

    प्रतियोगितामा ३ विभागीय सहित ८ टोलीे सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी हुन ६ टोलीको टुङगो लागिसकेको छ । केही दिनमा अन्य २ टोलीको छिनोफानो हुने अध्यक्ष चापागाईले बताईन् । 

    सोही अवसरमा खुला दौड प्रतिययोगिता पनि हुने आयोजकले जनाएको छ । दौड प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन् । 

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्