डा. केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या

इलाम

    माघ ३, २०७५

    - चिकित्सा शिक्षा क्षेत्र सुधारको  माग राख्दै ९ दिनयता इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षणमा डा. केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको जनाएको हो ।

    डा. केसीलाई तत्कालै आइसियू भएको अस्पतालमा सार्नुपर्ने चिकित्सकको सुझाव दिएको छ ।  पछिल्लो परीक्षण अनुसार डा. केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भएको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको डा विजेन्द्र कुमार शाहले जानकारी दिनुभयो । 

    प्रकाशित:माघ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्