दुई तिहाईको सरकार इतिहास कै झुर भयोः कांग्रेस सहमहामन्त्री महत

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ ३, २०७५

    The Headliners with Prakash Sharan Mahat | Radio Journalist Basu | 17 January 2019

    दुई तिहाईको सरकार इतिहास कै झुर भयोः कांग्रेस सहमहामन्त्री महत

    नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अहिलेको दुई तिहाइको सरकार इतिहास कै कमजोर सावित भएको बताउनुभएको छ । उहाँले चर्का नारा लगाए पनि काम गर्ने शैलीमा कुनै परिवर्तन नआएको उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरको प्रभातकालनि नियमित कार्यक्रम हेडलाइनर्समा कुरा गर्दै सहमहामन्त्री महतले कांग्रेसले सरकारको नेतृत्व गर्दा काम धेरै भएको भएपनि नेकपाको सरकारले बढी प्रचार गर्ने गरेको आरोप लगाउनुभयो । सरकारका गलत कामको अब सडक र सदन दुबै ठाउँबाट खबरदारी गर्ने उहाँको भनाई छ । यस्तै माउ पार्टीभित्रको गुटगत राजनीतिको प्रभाव भ्रातृ संगठनमा पनि परेको बताउनुभयो । उहाँले भ्रातृसंगठनलाई विधि र विधान अनुसार चलाउन माउ पार्टीको भूमिका महत्वपूर्ण हुने दाबी गर्नुभयो ।

    प्रकाशित:माघ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्