उपाधिका लागि पुलिस र थ्री स्टार भिड्ने

- रेडियो कान्तिपुर, धनगढी

    माघ ३, २०७५

    नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब भिड्ने भएका छन् । धनगढीस्थित क्षेत्रीय रंगशालामा आज भएको दोश्रो सेमिफाईनलमा सीएमजी संकटालाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले थ्री स्टारसँगको भेट पक्का गरेको हो ।

    निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । सुभाष गुरुङको प्रहार विफल भएपछि संकटा फाइनल प्रवेश गर्नबाट रोकिएको हो । पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तीर्थ राना र विक्रम धिमालले गोल गरे ।

    उपाधि भिडन्त पर्सि शनिबार हुनेछ । थ्री स्टार झापाको काँकडभिट्टा फुटबल ट्ेरेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । प्रतियोगिताको विजेताले २१ तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । 

    प्रकाशित:माघ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्