सभामुख कप महिला भलिबलको सेमिफाइनल समिकरण पूरा

- रेडियो कान्तिपुर, पोखरा

    माघ ३, २०७५

    पोखरामा जारी सभामुख कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रगंशालामा आज भएको क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपीएफ, गण्डकी,  प्रदेश ३ र नेपाल पुलिस क्लब विजयी हुँदै अन्तिम ४ मा प्रवेश गरेका हुन् ।

    विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई २५–१५, २५–१९ र २५–१६ को सेटमा पाखा लगाउँदा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१४, २५–६ र २५–१७ ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनायो ।

    आजै भएको अर्को खेलमा प्रदेश ३ ले प्रदेश १ लाई २५–३, २५–१४ र २५–१० ले तथा नेपाल पुलिस क्लबले प्रदेश २ लाई २५–१४, २५–१७ र २५–१२ को सेटमा पराजित गर्‍यो ।

    भोलि हुने सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश तथा प्रदेश ३ र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार र उपविजेताले १ लाख ७० हजार रुपैयाँ हात पार्नेछन् । तेस्रोले १ लाख तथा चौंथोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  

    प्रकाशित:माघ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्