एनभीए अवार्डको लागि जनता बैंकको साथ

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ३, २०७५

    नेपाल भलिबल संघले हरेक वर्ष प्रदान गर्ने एनभीए अवार्डको लागि जनता बैंकले साथ दिएको छ । अर्को साता आयोजन हुने अवार्डका लागि जनता बैंकले वर्षको उत्कृष्ट महिला र पुरुष टोलीलाई पुरस्कारका लागि प्रायोजन गरेको हो ।

    जनता बैंकका नायव प्रमुख कार्यकारी अजय मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    सम्झौता अनुसार हरेक वर्ष बैंकले संघलाई २ लाख रुपैयाँ उपलब्ध गराउने संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । संघ र बैंकबीच अवार्डका लागि ५ वर्ष प्रायोजन गर्ने सम्झौता भएको हो ।

    जनता बैकका नायब प्रमुख कार्यकारी मिश्रले नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीको हौसला बढाउनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । 

    प्रकाशित:माघ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्