अध्यक्ष टासी घलेलाई बर्खास्त गर्ने एन्फाको निर्णय

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ३, २०७५

    अखिल नेपाल फुटबल संघ एन्फाले मानार्थ अध्यक्ष टासी घलेलाई बर्खास्त गर्ने निर्णय गरेको छ । राजधानीमा आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यक्तिगत विषयलाई सार्वजनिक गरेर एन्फाको प्रतिष्ठामा आँच पुर्‍याएको ठहर गर्दै घलेलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

    एन्फा निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सघाएका घले ८ महिनाअघि मानार्थ अध्यक्ष मनोनित भएका थिए । पछिल्लो समय विभिन्न ४ जिल्ला फुटबल संघले उठाएको एन्फामा आर्थिक अनियमितता सम्बन्धी मुद्दामा घलेले सघाएको आरोप एन्फा संस्थापन पक्षको छ । 

    त्यस्तै, बैठकले एन्फाविरुद्ध उभिएका ४ जिल्ला फुटबल संघका अध्यक्षहरुलाई कारबाहीका लागि अनुशासन समितिमा पठाउने निर्णय गरेको छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका जिल्ला अध्यक्षहरुले एन्फा निर्वाचनमा शेर्पा समूहले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै आएका छन् । 

    प्रकाशित:माघ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्