बार्सिलोनाको उत्कृष्ट पुनरागमन

- रेडियो कान्तिपुर,

    माघ ४, २०७५

    - बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै बार्साले लेभान्तेबिरुद्द ४–२ को नतिजा निकाल्यो । पहिलो लेगमा २–१ ले पराजित भएको बाार्साले दोस्रो लेगमा भने ३–० को नतिजा हात पार्‍यो । बार्साको जितमा उसमान डेम्बेलेले २ तथा लियोनल मेस्सीले एक गोल गरे । 

    रियल सोसीडाडसँग समग्रमा २–२ को नतिजा निकालेपनि रियल बेटिस अवे गोलका आधारमा क्वार्टरफाईनलमा प्रवेश गर्‍यो । यी दुईबीचको पहिलो लेग गोल रहित बराबरीमा सकिएको थियो । स्पानियोलले गएराती भियारियललाई ३–१ गोल अन्तरले हरायो । समग्रमा ५–३ को नतिजा निकालेको स्पानियोल अन्तिम ८ मा पुग्यो ।  

    प्रकाशित:माघ ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्