नेपालद्वारा ईण्डोनेसिया सामु १२० रनको लक्ष्य 

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ४, २०७५

    थाईल्याण्डमा जारी स्मास टी–२० क्रिकेटको सेमिफाइनमा नेपालले ईण्डोनेसिया सामु १२० रनको लक्ष्य प्रस्तुत गरेको छ । बैककस्थित टर्डथाई रङ्गशालामा जारी खेलमा ईण्डोनेसियाले फिल्डिङ रोजेपछि व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११९ रन बनायो ।

    सीता राना मगर र इन्दु वर्माले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल बनाउन सफल भयो । सीता ४८ रनमा रनआउट हुँदा इन्दु ३७ रन र क्याप्टेन रुविना क्षेत्री २ रनमा नटआउट रहे । काजल श्रेष्ठ १४ र नेरी थापा ५ रनमा क्याच आउट भए ।  

    लिग चरणमा सतप्रतिशत नजिता सहित नेपाल समुह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । ईन्डोनेसिया भने समुह बीको उप विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।  

    नेपालले थाईल्याण्ड र युएईबीचको दोश्रो सेमिफाइनलको विजेता सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा युएई र चौथो खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गर्दै समुह विजेता बनेको थियो ।  

     

    प्रकाशित:माघ ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्