राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक नगर्न कंगोलाई आग्रह

    माघ ४, २०७५

    अफ्रिकन युनियनले राष्ट्रपतीय निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न कंगो सरकारलाई आग्रह गरेको छ । निर्वाचन प्रति आंशका उत्पन्न भएकाले एकता र लोकतन्त्रलाई स्थापित गर्न नतिजा सार्वजनिक नगर्न युनियनले आग्रह गरेको हो ।

    प्रतिपक्षी नेता फेलिक्स सिसेकडीले जित हात पारे पनि हालको प्रशासन विरोधी मानिएका मार्टीन फायुलुले आफुले जितेको दाबी गर्दै आउनुभएको छ । अन्तिम नतिजा आज सार्वजनिक गर्ने तयारी छ ।

    हालका राष्ट्रपति जोसेफ कबिलासँग शक्ति बाँडफाँडको सम्झौता गरेका सिसेकडीको जित प्रति शंका व्यक्त गरिएको हो । गत डिसेम्बरमा भएको निर्वाचनको नतिजा प्रति अफ्रिकन युनियनले गम्भीर चासो ब्यक्त गरेको हो ।

    प्रकाशित:माघ ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्