धर्मगुरु गुरमित रामरहिम सिंहलाई आजीवन कारावासको सजाय

- रेडियो कान्तिपुर,

    माघ ४, २०७५

    पत्रकार हत्याको अभियोगमा भारतका धर्मगुरु गुरमित रामरहिम सिंहलाई आजीवन कारावासको सजाय सुनाईएको छ । राम रहिमको आश्रममा महिलामाथि भएको दुव्र्यवहारको विषयमा खुलासा प्रयास गरेका पत्रकार रामचन्द्र छत्रपतिको हत्या भएको थियो । दुई महिलाको बलात्कार मुद्दामा २० वर्षको जेल सजाय भोगी रहेका राम रहिमलाई अदालतले पत्रकार हत्यामा अर्को सजाय सुनाएको हो ।

    हरियाणा राज्यको पन्चकुला अदालतमा राम रहिमलाई सुरक्षाका कारण कारागारबाटै भिडियो कल मार्फत उपस्थित गराईएको थियो । पत्रकार रामचन्द्रको हत्या आरोपमा राम रहिमका अन्य तिन सहयोगीलाई समेत अदालतले दोषी ठहर गरेको छ । सहयोगी तिनमध्ये दुईलाई पनि आजीवन कारावास दिईएको छ ।

    सन् २००२ मा पत्रकार छत्रपतिले राम रहिमविरुद्ध एक लेख लेखेको आरोपमा गोली हानी हत्या गरिएको थियो । छत्रपतिको हत्या अनुसन्धानका क्रममा प्रहरीले रामरहिमले दुई महिलामाथि बलात्कार गरेको पत्ता लगाएको थियो । रामरहिम दोषि ठहर भएपछि पक्राउ गरि कारागार लैजादा सम्मको प्रक्रियामा उनका समर्थकले गरेको प्रदर्शनका क्रममा ३८ जना मारिएका थिए ।

    प्रकाशित:माघ ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्