दुर सञ्चार सेवा प्रदायक कम्पनिले तिर्नुपर्ने बक्यौताका विषयमा अर्थ समितिको चासो

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ४, २०७५

    प्रतिनिधि सभाको अर्थ समितिले नेपाल दुर सञ्चार सेवा प्रदायक कम्पनिले तिर्नुपर्ने बक्यौताका विषयमा छलफल गर्न सरोकारवाला मन्त्रीलाई बोलाएको छ । सिंहदरबारमा विहान साढे १० बजे बस्ने बैठकमा फ्रिक्वन्सी दस्तुर, रोयल्टी, आयकर लगायतका विषयमा छलफल गर्न लागेको समितिले जनाएको छ  ।

    छलफलका लागि सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटा र अर्थमन्त्री युवराज खतिवडालाई बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । सरकारले मुलुकको विकासका लागि भन्दै वैदेशिक सहायता भित्र्याउन विभिन्न मुलुकसँग सम्झौता गरेपनि आन्तरिक बक्यौता उठाउन चासो नदेखाएको समितिले जनाएको छ ।

    आजको बैठकमा दुरसञ्चार प्रदायक कम्पनिको बक्योताका विषयमा मात्र छलफल हुने अर्यालले बताउनुभयो । समितिले सञ्चार मन्त्रालयसँग दुरसञ्चार प्रदायक कम्पनिको नविकरण दस्तुर, फ्रिक्वन्सी दस्तुर र रोयल्टी लगायत विषयका विवरण मागेको थियो । यस्तै अर्थ मन्त्रालयसँग आयकर, भन्सार र अन्तशुल्कको विवरण मागेको थियो ।

    दुबै मन्त्रालयले उपलब्ध गराएको विवरणमा आधारित भएर बक्यौता उठाउने विषयमा छलफल हुने समितिले जनाएको छ । महालेखाले गत वर्ष पेस गरेको प्रतिवेदनमा एक खर्ब ६० अर्ब बक्यौता उठ्न बाँकी रहेको उल्लेख छ ।  

     

    प्रकाशित:माघ ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्