नेपाल ट्वान्टी–२० क्रिकेटको फाइनलमा

- रेडियो कान्तिपुर, काठमाडौं
  • ईण्डोनेसिया ९२ रनले पराजित

माघ ४, २०७५

नेपाल, थाईल्याण्डमा जारी स्मास महिला ट्वान्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै नेपालले सेमिफाइलनमा आज इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा पराजित गर्‍यो । नेपालले उपाधिका लागि आजै हुने आयोजक थाईल्याण्ड र यूएईबीचको विजेतासँग भोली खेल्नेछ । 

नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया १२ औं ओभरमा मात्र २७ रनमा अलआउट भयो । चार जना व्याट्वुमन्स डक आउट भएको इण्डो इनिङ्समा युलिया आनग्राईनीले मात्र दोहोरो अंक जोडिन ।

११ रन जोड्दा पहिलो विकेट गुमाएको इण्डोनेसियाले थप १६ रन जोडेन ९ विकेट खर्चेको थियो । इण्डोनेसियालाई सस्तैमा समेट्न रुविना क्षेत्रीले ४ तथा कविता कुँवर, नेरी थापा, सीता राना मगर र सरिता मगरले समान १–१ विकेट लिए । २ जना रन आउट भए । 

यसअघि, बैंककस्थित टर्डथाई रङ्गशालामा जारी खेलमा ईण्डोनेसियाले फिल्डिङ रोजेपछि व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११९ रन बनायो ।

सीता राना मगर र इन्दु वर्माले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल बनाउन सफल भयो । सीता ४८ रनमा रनआउट हुँदा इन्दु ३७ रन र क्याप्टेन रुविना क्षेत्री २ रनमा नटआउट रहे । काजल श्रेष्ठ १४ र नेरी थापा ५ रनमा क्याच आउट भए ।  

नेपाल लिग चरणमा सतप्रतिशत नजिता सहित समुह ए को विजेता बन्दै र ईन्डोनेसिया समुह बीको उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए । 

प्रकाशित:माघ ४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्