सिरहामा गोली चल्यो

- रेडियो कान्तिपुर, काठमाडौं
  • हतियारधारी एक पक्राउ

माघ ४, २०७५

हतियारधारी ब्यक्तिलाई पक्राउ गर्न सिरहा प्रहरीले गोली चलाएको छ । गोली लागि सिरहा नगरपालिका, ९ का २९ वर्षीय प्रमोद यादव घाईते भएका छन् । यादवको दाहिने हातमा एक राउण्ड गोली लगेको छ ।

सीमा क्षेत्रमा हातहितयारको कारोबार हुँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यायबाट खटिएको प्रहरी टोलीले सुरक्षा जाँच गर्ने क्रममा सिरहा नगरपालिका, १५ सुपचौनीमा उनलाई फेला पारेको थियो ।

प्रहरीलाई देख्नेबित्तिकै उनले पेस्तोल निकालेपछि जवाफी कारबाही गरिएको जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

उनको साथबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । उनीविरुद्द थप अनुसन्धान भईरहेको एसपी श्रेष्ठले बताउनुभयो ।  

 

प्रकाशित:माघ ४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्