दूध उत्पादन बढ्यो, आयात रोकिएन

- सुरज राजथला, काठमाडौं
  • ३ महिनामा मात्रै ४१ करोड रुपैयाँ बढीको दूध र दुग्धजन्य पदार्थ आयात
आन्तरिक उत्पादनले सहज रुपमा बजार नपाएकाले वर्षेनी अर्बौं रुपैयाँ बाहिरिले गरेको छ । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा मात्रै ४१ करोड १४ लाख रुपैयाँ बढीको दूध र दुग्धजन्य पदार्थ आयात भएको पशु सेवा विभागको तथ्याङ्क छ ।

माघ ४, २०७५

स्वदेशमा उत्पादित दूधले बजार नपाएका बेला मुलुकमा वर्षेनी अर्बौ रुपैयाँका दूध र दुग्धजन्य पदार्थ आयात हुने गरेको छ । आन्तरिक उत्पादनले सहज रुपमा बजार नपाउँदा दूध उत्पादक किसान पटक पटक समस्यामा पर्ने गरेका छन् ।

आन्तरिक उत्पादनले सहज रुपमा बजार नपाएकाले वर्षेनी अर्बौं रुपैयाँ बाहिरिले गरेको छ । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा मात्रै ४१ करोड १४ लाख रुपैयाँ बढीको दूध र दुग्धजन्य पदार्थ आयात भएको पशु सेवा विभागको तथ्याङ्क छ ।

आन्तरिक उत्पादनको सहज बजारीकरण गर्न सके दूध आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने विभाग अन्र्तगतको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत रेसम राज ज्ञवाली बताउनुहुन्छ ।

“वार्षिक २० देखि २१ लाख मेट्रिक टन सम्म हुने गरेको छ, उहाँले भन्नुभयो, कुल उत्पादनको १५ प्रतिशत दूध मात्र बजारमा जान्छ, बाँकी ३५ प्रतिशत दूध घरघरमा वितरण हुन्छ । बाँकी उत्पादन बजारमा नआउने तर आन्तरिक रुपमा खपत हुन्छ ।”

नेपालमा दूधको आन्तरिक उत्पादन वार्षिक रुपमा २० देखि २१ लाख मेट्रिक टन सम्म हुने गरेपनि यसमा आत्मनिर्भर हुन नसेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७४/७५ मा दूधको उत्पादन ९ दशमलव १३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा २० लाख ८५ हजार ४ सय ७४ मेट्रिक टन दूध उत्पादन भएको पशु सेवा विभागले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा १९ लाख ११ हजार मेट्रिक टन दूध उत्पादन भएको थियो ।

दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रम सफल हुनु, लिन सिजनमा समेत दूधलाई पाउडरमा परिणत गर्नु, दूध उत्पादनशिल गाई, भैंसीको संख्यामा वृद्धि तथा घाँस खेती बिस्तार भई पशु स्याहार आपूर्तिमा उल्लेख्य योगदान पुग्नुले दूध उत्पादनमा बढ्ेको विभागका वरिष्ठ पशु विकास अधिकृत एवं सूचना अधिकारी चन्द्र ढकालले बताउनुभयो ।

नेपालमा ७२ लाख गाई र ५२ लाख भैंसीबाट सो परिमाण बराबरको दूध उत्पादन हुने गरेको विभागका सूचना अधिकारी ढकालले बताउनुभयो । 

प्रकाशित:माघ ४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्