उपाधिका लागि एपीएफ र नेपाल पुलिस क्लब भिड्ने

- रेडियो कान्तिपुर, पोखरा

    माघ ४, २०७५

    सभामुख कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शसस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रगंशालामा आज सम्पन्न सेमिफाइनलमा पुलिसले प्रदेश ३ लाई १८–२५, २५–२०, २५–२३, २७–२५ र १५–७ ले पाखा लगाउँदै एपीएफसँगको भेट पक्का गरेको हो ।

    आजै भएको अर्को खेलमा एपीएफले गण्डकी प्रदेशलाई २५–८, २५–१८ र २५–११ ले पराजित गर्‍यो । उपाधि भिडन्त भोलि हुनेछ ।

    प्रतियोगिताको विजेताले ३ लाख ५० हजार र उपविजेताले १ लाख ७० हजार रुपैयाँ हात पार्नेछन् । तेस्रोले १ लाख तथा चौंथोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  

    प्रकाशित:माघ ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्