ढोरपाटन महिला भलिबल च्याम्पियनसिपमा न्यू डायमण्ड सहभागी नहुने

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ४, २०७५

    रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल लिग च्याम्पियनसिपमा न्यू डायमण्ड एकेडेमी सहभागी नहुने भएको छ । भोलि सुरु हुने प्रतियोगिता लामो भएको र विद्यार्थीको परीक्षामा प्रभाव पर्ने भएकाले सहभागी नहुने निर्णय गरेको एकेडेमीका अध्यक्ष कुमार राईले जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन खेलमा भोलि थाहा नगरपालिका मकवानपुर र सेव स्कूल सामाखुसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी टिमले ३ जना विदेशी खेलाडी मैदान उतार्न पाउनेछन् ।

    ८ टोली सहभागी प्रतियोगिताको विजेताले ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँ हात पार्नेछन् । तेस्रोले १ लाख, चौंथोले ६०, पाँचौले ४०, छौटौले ३० र सातौं हुनेले २० हजार रुपैयाँ हात पार्नेछन् ।

    विधागततर्फको सर्वोत्कृष्ट खेलाडी, उदियमान वर्ष खेलाडी, प्लेयर अफ दी सिरिज र भाग्यमानी दर्शकले १ थान मोटरसाईकल पाउनेछन् ।

    अन्य विधाका ६ विजेताले जनही ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । काठमाडौको बसपार्कस्थित भलिबल कोर्टमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

    प्रकाशित:माघ ४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्