१२ वर्षपछि नेपाली महिला क्रिकेट टोली नकआउट प्रतियोगिताको फाइनलमा

- रेडियो कान्तिपुर,

    माघ ५, २०७५

    - थाईल्याण्डमा जारी स्मास महिला ट्वान्टी–२० क्रिकेटको फाइनलमा नेपालले आज घरेलु टोली सँग प्रतिस्पर्धा गर्दैछ । बैंककस्थित टर्डथाई रङ्गशालामा नेपाली समयानुसार मध्यान्ह सवा १२ बजे पछि खेल सुरु हुनेछ । नेपाल सेमिफाईनलमा ईण्डोनेशियालाई ९२ रनको फराकिलो अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

    प्रतियोगिताकै अपराजित नेपाली र थाई टोलीबीच प्रतिस्पर्धा हुनेछ । थाईल्याण्डले हिजो भएको दोश्रो सेमिफाईनलमा युएईलाई ४९ रनले हराएको हो । १२ वर्षपछि नेपाली महिला क्रिकेट टोली नकआउट प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    फागुन ६ देखि १५ सम्म थाईल्याण्डमै हुने महिला ट्वान्टी –२० विश्वकपको पहिलो खुट्किलोको रुपमा रहेको यो प्रतियोगितामा नेपाल, थाईल्याण्ड, चीन, हङकङ, कुवेत, मलेसिया र युएई सहभागी छन् । यो प्रतियोगिताको विजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ । 

     

    प्रकाशित:माघ ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्