ट्रम्प र नेता किमबीचको दोश्रो वार्ता आगामी महिना हुने

काठमाडौं

    माघ ५, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोश्रो वार्ता आगामी फेबु्अरीको अन्तिम सातामा हुने तय भएको छ । उत्तर कोरियाली उच्चस्तरीय टोली सँगको भेटपछि वासिङ्गटनले गत जुनमा भएको भेट पछि आणविक निशस्त्रिकरणको क्षेत्रमा केही सुधार देिखएको उल्लेख गरको छ ।

    भेट भियतनाममा हुने भनिएपनि आधिकारीक रुपमा स्थान भने खुलाईएको छैन ।उत्तर कोरियाली सैन्य उच्च अधिकारी किम योङ्ग चोलले अमेरिकासँग आणविक कुटनीतिक सम्झौतामा हस्ताक्षर समेत गर्नुभएको छ ।

    नेता किमले केही पत्र पठाएको पुष्टि भएपनि त्यसमा रहेका विषय सार्वजनिक गरिएको छैन । ह्वाईट हाउस प्रवक्ता साराह हकवी स्यान्डर्सले हालका लागी उत्तर माथि लगाईएका प्रतिबन्ध भने जारी नै रहने उल्लेख गर्नुभएको छ । 

    प्रकाशित:माघ ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्