धितोपत्र बजारमा दोहोरो अंकले गिरावट

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ६, २०७५

    धितोपत्र बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज ८ दशमलव ६ अंकले घटेर १ हजार १ सय ७९ दशमलव १७ अंकमा पुगेको छ । कारोबार भएका ११ मध्ये ८ वटा कम्पनी समूहको उपसूचक घटेकाले समग्र बजार प्रभावित भयो ।

    सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३७ दशमलव ६७ अंकले घटेको छ । यस्तै, जीवन बीमा कम्पनी समूहको उपसूचक ३७ दशमलव ३४, जलविद्युत समूहको ३६ दशमलव ५९ र विकास बैंकको ११ दशमलव १७ अंकले घटेको छ ।

    नेप्सेमा आज कुल १ सय ४३ कम्पनीका १४ हजार ४ सय कारोबारबाट ११ लाख ५३ हजार ७३ कित्ता सेयर किनबेच भए ।

    जसअन्तर्गत, ३६ करोड ४५ लाख ३८ हजार ७ सय ३६ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको सबै भन्दा धेरै कारोबार भएको छ । 

    प्रकाशित:माघ ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्