राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस

- रेडियो कान्तिपुर, काठमाडौं
    प्राकृतिक श्रोत तथा वित्त आयोग गठन नहुँदै स्थानीय तहमा जथाभावी कर संकलन थालेको भन्दै सरकारको आलोचना भईरहेका बेला परिषदले आज पौडेललाई सिफारिस गरेको हो । पूर्व ऊर्जा सचिव समेत रहेका पौडेलले यसअघि स्थानीय तह पुर्नसंरचना आयोगको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

    माघ ६, २०७५

    संवैधानिक परिषदले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ । सिंहदरवारमा आज बसेको परिषदको बैठकले वित्त आयोगमा पौडेललाई सिफारिस गरेको हो ।

    प्राकृतिक श्रोत तथा वित्त आयोग गठन नहुँदै स्थानीय तहमा जथाभावी कर संकलन थालेको भन्दै सरकारको आलोचना भईरहेका बेला परिषदले आज पौडेललाई सिफारिस गरेको हो । पूर्व ऊर्जा सचिव समेत रहेका पौडेलले यसअघि स्थानीय तह पुर्नसंरचना आयोगको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

    प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा भागलिन स्वीजरल्याण्ड जानुअघि आज बसेको संवैधानिक परिषद बैठकले अन्य विभिन्न आयोगको अध्यक्ष पनि सिफारिस गरेको छ । परिषदले राष्ट्रिय समावेशी आयोगमा पूर्व अर्थसचिव शान्तराज सुवेदीलाई सिफारिस गरेको छ ।

    यस्तै, मधेशी आयोगमा डा. विजय कुमार दत्त, थारु आयोगमा विष्णु प्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरिएको संवैधानिक परिषद सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिनुभयो । 

    संवैधानिक परिषदले प्रमुख प्रतिपक्षीको अनुपस्थिती बिना विभिन्न आयोगमा अध्यक्ष सिफारिस गरेको हो । परिषद बैठकमा प्रमुख प्रतिपक्षी अनिवार्य हुनुपर्ने कानूनी व्यवस्था छ । प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा भने यतिखेर राजधानी बाहिर हुनुहन्छ ।

    परिषद सदस्य तिमल्सिनाले भने परिषदको अघिल्लो बैठकमा प्रस्ताव गरिएको र बहुमतको अधारमा निर्णय गरिएको बताउनुभयो । सवैधानिक परिषदबाट विभिन्न आयोगमा सिफारिस भएका अध्यक्षहरुलाई संसंदीय समितिबाट अनुमोदित भएपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ ।

    प्रकाशित:माघ ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्