डा केसीलाई आइसियुबाट वार्डमा सारियो

- रेडियो कान्तिपुर, काठमाडौं
  • आफूसंग भएको सहमति पालना नभएसम्म सत्याग्रह नतोड्ने केसीको अडान

माघ ६, २०७५

– १२ दिनदेखि अनसनरत प्रा. डा गोविन्द केसीलाई आइसियुबाट साधारण वार्डमा सारिएको छ । आइसियु बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर डा केसीले अन्यत्र सार्न आग्रह गरेपछि वार्डमा सारिएको आइसियु इन्चार्ज डा सुवास आचार्यले जानकारी दिनुभयो । उहाँलाई सिंगल क्याबिनमा राखिएको छ । आइसियुबाट वार्डमा सारिएपछि पत्रकारसँग भेटघाटका क्रममा डा. केसीले १५ औं अनसनका क्रममा सरकारले आफुसँग गरेका सम्झौता अक्षरस पालना नगरेसम्म सत्याग्रह नतोड्ने अडान दोहोर्‍याउनुभयो ।  

यसैबीच, डा. केसीको फोक्सोमा भएको संक्रमण सुधारोन्मुख भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अक्सिजन दिइरहेकाले रक्तचाप स्थिर रहेपनि छातीमा दुखाई, मांसपेशी बाउँडिने, कमजोरी भने यथावत रहेको उपचार टोलीका सदस्य प्रमेश श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । छातीमा भएको संक्रमण नियन्त्रणका लागि एन्टिवायोटिक्स चलाइएको विज्ञप्तीमा जनाइएको छ ।

शरीरमा सेता रक्तकोषिकाको मात्रा कमी तथा संक्रमणको जोखिम रहेकाले जुनसुकै बेला इमरजेन्सी उपचारको आवश्यक पर्ने चिकित्सकको भनाई छ ।   

प्रकाशित:माघ ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्