कान्तिपुरकर्मीसहित पाँच युवालाई उत्कृष्ट अवार्ड

- दुर्गालाल केसी , दाङ

    माघ ६, २०७५

    – कान्तिपुरकर्मी दुर्गालाल केसीसहित पाँच युवा उत्कृष्ट युवा अवार्डबाट सम्मानित भएका छन् । युवा कार्य नेपालले दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा केसी सहित युवा वैज्ञानिक मार्शल रोका, युवा उद्यमी कमला कुमाल, स्वास्थ्यकर्मी सुनिता भण्डारी र अपांगता क्षेत्रका शिव घर्तीलाई / समाजमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गरेको भन्दै १० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित अवार्ड प्रदान गरेको हो ।

    युवाहरुलाई सम्मान गर्दै दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीस हेमन्त रावलले युवाहरुलाई अपराधबाट टाढा राख्न आवश्यक रहेको बताउनुभयो । 

     

    प्रकाशित:माघ ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्