माघ ७, २०७५
- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत तथा कथा वाचन सुरु भएको छ । आजबाट हिन्दु धर्मावलम्बीहरुले बिहान माघ स्नान गरी मध्यान्नकालमा महादेवको पूजा गर्ने र बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच भएको संवाद सुन्ने र सुनाउने चलन छ ।
स्वस्थानीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । व्रत अवधिभर काठमाण्डौंको साँखुस्थित शालीनदीमा महिनाभर मेला लाग्ने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । मेलाको व्यवस्थापन शंखरापुर नगरपालिकाले गरेको छ । भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको एक महिने ब्रत हुनेछ ।
एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूल लगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् ।
प्रकाशित:माघ ७, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्