सिरियास्थित इरानी समूहलाई लक्षित हवाई  आक्रमण जारी

    माघ ७, २०७५

    - इजरेलको सशस्त्र फौजले आज बिहानैबाट सिरियास्थित इरानी समूहलाई लक्षित हवाई  आक्रमण जारी राखेको छ ।  आज बिहान सबेरै इजरेलले विज्ञप्ति जारी गर्दै कारबाही थालेको जनाएको बीबीसीले उल्लेख गरेको छ । आफ्नो कारबाही इरानी क्रान्तिकारीका सुरक्षाका उच्च तहका क्रुद समुहविरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।  सिरियाले इजरेललाई आफ्नो  सीमा र इरानी समूहमाथि आक्रमण नगर्न चेतावनी दिएको छ । 

    बेलायतस्थित सीरियन अब्जरभेटरी फर हयुमन राइट्सका अनुसार इजराली सशस्त्र फौजले सिरियाको राजधानी दमास्कस आसपासका क्षेत्रमा निरन्तर हवाई हमला गरिरहेको छ । आक्रमण जारी रहेकोले त्यसबाट हुनसक्ने क्षतिलाई लिएर अन्तर्राष्ट्रिय समुदाय नै चिन्तित बनेको बीबीसीले जनाएको छ ।

    यसअघि हिजो अफ्रिकी मुलुक चाडको भ्रमणका क्रममा इजरेली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले  सिरियामा इरानी घुसपैठ नियन्त्रणको लागि आफूसँग निश्चित नीति रहेको  र आफूलाई नोक्सानी हुनसक्ने जस्तोसुकै परिस्थितीविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिनुभएको थियो । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्