मालीमा १० शान्ति सैनिकको मृत्यु

    माघ ७, २०७५

    -  अफ्रिकी मुलुक मालीमा संदिग्ध इस्लामिक अतिवादी मग्रेब में अल कायदाले गरेको आक्रमणमा परी शान्ति सुरक्षार्थ खटिएका १० शान्ति सैनिकको मृत्यु भएको छ । मग्रेब में अल कायदाअल कायदाको उत्तर अफ्रिकी शाखा हो । संयुक्त राष्ट्र संघका अनुसार  अफ्रिकी मुलुक चाडबाट मालीमा खटिएका शान्ति सैनिकको मृत्यु भएको हो ।

    अतिवादीले  शान्तिसैनिक बसेको शिविरमा आक्रमण गर्दा अन्य २५ जना शान्तिसैनिक घाइते भएको राष्ट्रसंघलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  मालीमा सन् २०१३देखि नै शान्ति स्थापनार्थ  राष्ट्रसंघले शान्तिसेना खटाएको छ । मालीमा पटकपटक शान्तिसेना लक्षित आक्रमण हुने गरेको बीबीसीले उल्लेख गरेको छ ।  

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्