नुवाकोटगढी पर्यटकीय गन्तव्य बन्दै

- अमृता अनमोल, रुपन्देही

    माघ ७, २०७५

    - ऐतिहासिक नुवाकोटगढी आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको छ । व्यवसायीहरुले रुपन्देही र पाल्पा जिल्लाको सिमानामा पर्ने नुवाकोटगढीमा पर्यटन पूर्वाधारका योजना थालेपछि आकर्षण बढेको हो ।

    प्रदेश ५ को मुकाम बुटवलबाट ११ किलोमिटर दुरीमा रहेको गढीमा तराईबाट अत्याधिक गर्मी वा जाडोमा शीतलहर र हुस्सु छल्न जाने संख्या बढी छ । पुरातात्विक अध्ययन, वनभोज र जंगल सफारीका लागि जाने आन्तरिक पर्यटकको संख्या समेत बढ्दै गएको छ । नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले पर्यटकको आकर्षण बढेपछि नुवाकोटको व्यवस्थित गुरुयोजना निर्माण थालेको बताउनुभयो ।

    आगामी दुई वर्षभित्र बुटवलबाट नुवाकोटसम्म केबलकार सञ्चालन हुने उहाँले बताउनुभयो । त्यसका लागि सिद्धार्थ केबलकार प्रालिले काम थालेको छ । प्रदेश ५ सरकारले सांस्कृतिक डबली निर्माणका लागि भन्दै दुई करोड बजेट छुट्याएको छ । नेपाल–अङ्ग्रेज युद्धमा नेपाली वीरले अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढी र गौतम बुद्धका पिता शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका लागि नुवाकोटगढी प्रसिद्ध छ । 

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्