युएईसँगको सिरिज खेल्न सन्दिप काठमाण्डौ आउँदै 

    माघ ७, २०७५

    - युएईसँगको वान डे र टी–२० सिरिज खेल्न लेगस्पिनर सन्दिप लामिछाने आज काठमाण्डौ आउँदैछन् । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग क्रिकेट बीपीएलका खेल छाडेर सन्दिप काठमाण्डौ आउन लागेका हुन् । लामिछाने दिउँसो साडे १ बजे काठमाण्डौ आईपुग्ने टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिनुभयो । 

    उनी टोलीका अन्य सदस्यसँगै भोलि युएई भ्रमणमा निस्कनेछन् । टोलीको छनोट समितीले सन्दिपलाई पनि समेट्दै १६ सदस्यीय राष्ट्रिय टोली हिजो घोषणा गरेको थियो । नेपालले शुक्रबारबाट आईसीसी एकेडेमीको मैदानमा घरेलु टोलीसँग ३ म्याचको वान डे र ३ म्याचको टी–२० सिरिज खेल्नेछ । नेपालले घरेलु टोलीसंग शुक्रबार, शनिबार र सोमबार वान डे सिरिज खेल्नेछ । टी–२० सिरिज भने १७, १८ र २० गते हुनेछ ।  

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्