चीन, भियतनाम र इरान एसियाकप फुटबलको क्वाटरफाईनलमा 

    माघ ७, २०७५

    - चीन, भियतनाम र इरान एसीयाकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । नकआउटचरणको खेलमा चीनले थाईल्याण्डलाई २–१ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो हाफ १–० ले पछि परेको अवस्था उल्टाउँदै चीनले संर्घषपुर्ण जित हात हात पारेको हो । उसको जितमा छाओ झि र जाओ लिनले एक–एक गोल गरे ।

     अर्को खेलमा जोर्डनलाई पेनाल्टि सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै भियतनामले पनि क्वाटरफाईनलमा स्थान बनायो । निर्धारित र थप गरिएको समय एक–एकको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टि सुटआउट गरिएको हो । 

    गएराती नै ओमानविरुद्ध २–० को सहज जित निकाल्दै ईरानले पनि अन्तिम आठको यात्रा तय गर्यो । ३१ औँ मिनेटमा अलिरेजा जाहानबखास र ४१ औँ मिनेटमा अस्कान डेजाघाहले गोल गर्दै टोलीको यात्रा लम्ब्याएका हुन् । एसियन कप फुटबलमा आज एसीयाली हस्तीहरु जापान र साउदी अरेबिया, अष्ट्रेलिया र उज्वेकिस्तान, युएई र किर्गीस्तान तथा बहराईन र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । 

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्