ला–लिगामा बार्सीलोनाले अंक दुरी बढाउँदै 

काठमाडौं

    माघ ७, २०७५

    - स्पेनिस ला लिगा फुटबलमा बार्सीलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंगको दुरी पुन ५ अंकमा पुर्याएको छ । जारी लिगमा १४ औँ जित निकाल्ने क्रममा बार्साले लेगानेसलाई ३–१ ले हरायो । ओस्माने डेम्बेले, लुईस स्वरेज र लियोनल मेसीले गोल गर्दै बार्सालाई सहज जित दिलाएको थिए ।

     २० खेलबाट बार्सिलोना ४६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । गएराती नै लेभान्तेले  रियल भल्लाडोलिडलाई २–० ले हराउँदा जेरोना रियल बेटिससँग ३–२ ले स्तब्ध भयो । भियारियल र एथ्लेटिको बिल्वाओले एक एकको बराबरी खेल्दा रायो भल्कानो र रियल सोसिडाड २–२ को बराबरीमा रोकिए । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्