म्यानचेष्टर सिटी र टटनह्याम विजयी

    माघ ७, २०७५

    - ईङलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीका खेलमा म्यानचेष्टर सिटी र टटनह्याम विजयी भएका छन् । हर्डसफिल्ड टाउनलाई ३–० ले हराउँदै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी ४ अंकमा छोट्याएको छ । पहिलो हाफ १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा २ गोल थप्दै सहज जित हात पारेको हो ।

    योसंगै सिटीले जारी सिजनको सयौँ गोल पनि पुरा गरेको छ । खेलको १९ औँ  मिनेटमा डानिलोको गोलबाट अग्रता बनाएको म्यानचेष्टर सिटीका लागि राहिम स्टर्लिङले ५४ र त्यसको २ मिनेटपछि लेरोई सानेले गोल गर्दै टोलीको जित फराकिलो पारेका थिए । 

    गएराती नै फुल्ह्यामलाई २–१ ले हराउँदै टटनह्यामले पनि शीर्ष २ टोली माथिको दबाब कायमै राखेको छ । खेलको सुरुवातमै फुल्हमले उपहार गोलमार्फत खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टटनह्यामले ३ अंक आफ्नो नाममा लेखायो । उसका लागि डेल अली र ह्यारी विन्क्सले गोल गरे । २३ खेलबाट ५१ अंक जोडेको टटनह्याम शीर्ष स्थानको लिभरपुल भन्दा ९ र दोस्रो स्थानको म्यानचेष्टर सिटी भन्दा ५ अंकले पछि परेको छ । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्