कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित

काठमाडौं

    माघ ७, २०७५

    - आफ्नो पार्टीका पूर्व सभापतिको नामबाट बनेका अस्पताललाई केन्द्र सरकार मातहत नराखेको भन्दै प्रमख प्रतिपक्षी नेपाली कांग्रेसको बिरोधका कारण संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ ।

    प्रतिनिधिसभाको पहिलो बैठक शुरु भएलगत्तै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउनुभयो ।

    मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको बताइन्छ । नेपाली कांग्रेसका नेताबाट ती अस्पतालको नाम राखिएकै कारण केन्द्र सरकारको माताहतबाट हटाएर अस्तित्व नै मेटाउन खोजेको गच्छदारको आरोप थियो । । 

    तनहुँमा बन्दै गरेको गिरिजाप्रसाद कोइराला स्वासप्रस्वास उपचार केन्द्र र नेपालगञ्जमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार माततह राख्न कांग्रेसले माग गरेको हो । स्वास्थ्य मन्त्रालयले ११ वटा स्वास्थ्य संस्था वर्गीकरण गर्न मन्त्रिपरिषद बैठकमा लगेकोमा ९ वटाको मात्र भएको कांग्रेसका नामबाट बनेका दुई वटाको बर्गीकरण नभएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो । केन्द्र सरकार मातहत राख्नुपर्ने अस्पताललाई प्रदेश मातहत लैजाने तयारी भइरहेको कांग्रेसको आरोप छ । 

    कांग्रेसको अवरोधकै कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी आगामी मंगलसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको थियो ।

    यस्तै राष्ट्रिय सभा बैठक पनि आगामी सोमबार बस्ने गरी स्थगित भएको छ । पहिलो बैठक ३० मिनेटका लागि स्थगित भएपछि शुरु भएको बैठकमा पनि कांग्रेस सांसदहरुले सरकारी निर्णय सच्याउन माग गरेपछि सभाध्यक्ष गणेश तिमल्सिनाले आजको बैठकको कार्यसूची हटाइएको जानकारी दिदै आगामी सोमबारसम्मलाई स्थगित गर्नुभयो । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्