सरकारविरुद्ध आन्दोलन बाध्यता: देउवा

- आश गुरुङ , लमजुङ

    माघ ७, २०७५

    - कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताउनुभएको छ । लमजुङको बेंसीसहरमा आज आयोजित कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले नागरिकका अभिव्यक्ति स्वतन्त्रामा समेत हस्तक्षेप गरेको आरोप लगाउनुभयो । 

    नागरिकलाई शान्ति सुरक्षा दिने सरकारको कतृब्य र दायित्व भएपनि शान्त वातावरणमा विना डर त्रास हिड्न पाउने, बाँच्न पाउने अधिकारमाथि सरकारले हस्तक्षेप गरेको सभापति देउवाको आरोप थियो । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्