अनसनरत डा केसीको अवस्था स्थिर

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ७, २०७५

    – अनसनरत प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा केसीलाई छाती दुख्ने, रिंगटा लाग्ने , मांसपेशीको दुखाइ र कमजोरी महशुस हुने, न्यून रक्तचाप लगायतका स्वास्थ्य समस्या बढ्दै गएको डा. प्रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँलाई चिकित्सकको निगरानीमा राखिएको डा. श्रेष्ठले बताउनुभयो ।

    शिक्षण अस्पतालको आइसियुबाट सामान्य वार्डमा सारिएपनि डा केसीको स्वास्थ्य अवस्था भने चिन्ताजनक नै रहेको चिकित्सकले बताएका छन् । डा केसीले सरकारले आफूलाई धोका दिएको भन्दै आफ्नो माग अक्षरश: पालना नभएसम्म अनसन नतोड्ने अडान लिनुभएको छ । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्