७३ प्रतिशत पाठ्यपुस्तक छपाई कार्य सकिएको जनक शिक्षा सामग्री केन्द्रको दावी

- पार्वता चौधरी, काठमाडौं

    माघ ७, २०७५

    – सामुदायिक विद्यालयको पाठ्यपुस्तक छपाई कार्यको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७३ प्रतिशत पाठ्यपुस्तक छपाई कार्य सकेको जनाएको छ । केन्द्रका महाप्रबन्धक महेश तिमल्सिनाले कक्षा ५ देखि १० सम्मका एक करोड ५३ लाख थान पाठ्यपुस्तक छापिसकेको दावी गर्नुभयो । केन्द्रले २ करोड २५ लाखको हाराहारीमा पाठ्यपुस्तक आवश्यक पर्ने जनाएको छ ।  

    फागुनमा शैक्षिक सत्र शुरु हुने जिल्लामा लागि क्षेत्रिय कार्यालयमा पाठ्पुस्तक पठाइसकेको उहाँको भनाई छ । उहाँले गत बर्ष १ करोड ७३ लाख पाठ्यपुस्तक बिक्रि गरेको बताउनुभयो । केन्द्रले प्रति महिना ३० लाखका दरले छपाई कार्य गरीरहेको जनाएको छ । 

    यसअघि कक्षा ६ देखि १० कक्षासम्म पाठ्यपुस्तक छपाई गर्दै आएको केन्द्रले यस पटक भने कक्षा ५ देखि १२ सम्मकै जिम्मा पाएको छ । अंग्रेजी माध्यमको पनि ४० लाख हाराहारीमा पाठ्यपुस्तक छपाई कार्य सकेको महाप्रबन्धक तिमल्सिनाले जानकारी दिनुभयो । विद्यालयले अभिभावक, विद्यार्थीसंग समन्वय गर्न नसक्दा कतिपय विद्यार्थी पाठ्यपुस्तक बिना नै पढ्न बाध्य भएको उदाहरण प्रसस्तै छन् । मुलुक संघीयतामा गएसंगै सबै अधिकार स्थानीय तहलाई सुम्पिएकाले विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुर्‍याउनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाई छ । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्