नेपाल कम्युनिष्ट पार्टी माओवादी– कम्युनिष्ट केन्द्र, समाजवादी फोरमका एकीकृत

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ ७, २०७५

    – संघीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी माओवादी– कम्युनिष्ट केन्द्र एकीकृत भएको छ । काठमाण्डौंमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो ।  

    कार्यक्रममा नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालसँगै सयौंको संख्यामा नेता कार्यकर्ता फोरम नेपालमा आबद्ध भएका छन् । गतसाता मात्रै दुुईवटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरम नेपालमा प्रवेश गरेका थिए । फोरम नेपालमा एकीकृत भएका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरम नेपालको विकल्प नै नरहेको दाबी गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेण्डा छाडिसकेकाले फोरम नेपालप्रति आमजनताको विश्वास र अपेक्षा बढ्दै गएको बताउनुभयो ।

    आजदेखि औपचारिक रुपमा फोरम नेपालसंग जोडिएका दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकाले यसमा आबद्ध भएको प्रतिक्रिया दिनुभएको छ । तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा केशव दाहालको नेतृत्वमा सो टिम विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहंदै आएको थियो । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्