प्रदेशस्तरीय खेलाडी छनोट फागुन पहिलो साता 

- लक्ष्मी जिसी, काठमाडौं

    माघ ७, २०७५

    - आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय खेलाडी छनोट फागुन पहिलो साता गरिने  भएको छ । जिल्लाबाट छनोट सकिएपछि फागुन ३ देखि १७ गतेसम्म प्रदेशस्तरीय खेलाडी छानिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले जानकारी दिए ।

    माघ २५ देखि उसु र फागुन १ गतेदेखि बक्सिङका खेलाडी समेत छनोट गरिने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालय प्रमुख ईन्द्र कार्कीले जानकारी दिए । प्रतियोगिताका लागि ७७ जिल्लाबाट १४ हजार भन्दा बढी खेलाडी छनोट गरिएको सचिवालय प्रमुख कार्कीले जानकारी दिए ।

    प्रदेशस्तरीय छनोटबाट ६ हजार ६ सय १८ खेलाडी छनोट गरिनेछ । प्रतियोगितामा ६ हजार ६ सय १८ खेलाडी, १३ सय ७७ निर्णायक र १ सय ५ संघका प्रतिनिधि गरि कुल ७ हजार ६ सय ५१ जना सहभागी हुने प्रमुख कार्कीले बताए । 

     

    प्रकाशित:माघ ७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्